Logo

‘लाहुरे’ लागुऔषधविरुद्धकाे अभियानमा



कास्की, ४ असार । युवा माझ लोकप्रिय कलाकार हुन् र्‍यापर लाहुरे अर्थात् आशिष राना । उनलाई कास्की प्रहरीले केही महिना अगाडि लागुऔषध प्रयोग गर्दै गर्दा पक्राउ गर्‍यो । उनी ५६ दिन जेलमा बसेर छुटेका छन् । उनै लाहुरे अब भने लागुऔषधविरुद्धको अभियानमा निस्कने तरखरमा छन् ।

नजिकै आउन लागेको अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसको अवसरमा लाहुरे अभियानमा अगाडि बढ्ने भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यसहित सप्ताहव्यापी सचेतना कार्यक्रम आयोजना गर्ने कार्यक्रममा उनी अभियन्ताका रूपमा अगाडि देखिने छन् । असार ६ गतेदेखि पोखराका विभिन्न ठाउँमा अभियान सञ्चालन हुनेछ ।

अहिले पनि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लागुऔषधविरुद्ध मुद्दाका धेरैजसो कारोबारी नै भएका कास्की प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक रमेश थापाले बताए । लागुऔषध कारोबारीलाई हदैसम्म कारबाही र अन्जानमा फसेकालाई परामर्शबाट सुधार गर्ने प्रयासअनुसार नै कार्यक्रम गर्न लागेको उनको भनाइ छ । आशिष राना पनि यसको एक उदाहरण भएको उनले बताए ।

गएको पुस १४ गते लागुऔषध सेवनको अभियोगमा लाहुरे पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहँदा लागुऔषधको दुर्व्यसनबाट मुक्त हुने वातावरण पाएको उनको भनाइ छ । दुर्व्यसनले क्षणिक आनन्द दिए पनि त्योभन्दा धेरै दुःख, कष्ट दिने गरको लाहुरेले बताए । ‘शरीर र मन दुवै नियन्त्रण गरे दुर्व्यसन छोड्न सकिन्छ । शारीरिक रूपमा एकरदुई महिना गाह्रो भए पनि मेन्टल्ली भने जिन्दगीभरि नै कन्ट्रोल गरेर बस्नुपर्छ’, उनले भने ।

किशोर बेलामा मन चन्चले हुने र विद्यार्थीहरू नराम्रो बाटोतिर लाग्ने लाहुरेको अनुभव छ । यो समयमा अविभावकहरूले आफ्ना छोराछोरीलाई धेरै सयम दिएर ख्याल राख्नुपर्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्