Logo

एसीसी महिला टी-२० च्याम्पियनसिप: नेपालले कुवेतलाई हरायो



मलेसिया, ४ असार । एसीसी महिला टी-२० च्याम्पियनसिप क्रिकेटमा नेपालले कुवेतलाई २५ रनले हराएको छ ।

मलेसियाको किनरारा मैदानमा नेपालले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्रै बनायो । उसका लागि प्रीयदा मुरलीले सर्वाधिक ३१ रन बनाइन् ।

बलिङतर्फ नेपालकी सीता रानामगरले २ तथा अस्मिता कर्माचार्य, सङ्गीता राई र इन्दु बर्माले १र१ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।

नेपालका लागि रुविना क्षेत्रीले नटआउट ३४ र इन्दु बर्माले नटआउट २८ रन जोडे । कुवेतकी मरिमा हैदरले २ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्