Logo

श्रीलङ्कासँग अस्ट्रेलिया पराजित



श्रीलङ्का, ५ असार । तेस्रो एक दिवसीय क्रिकेटमा श्रीलङ्काले अस्ट्रेलियालाई ६ विकेटले हराएको छ । २ सय ९२ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले ४८ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

श्रीलङ्काका लागि पाथुम निस्सानकाले १ सय ३७ रनको शतकीय पारी खेले । यस्तै, कुशल मेन्डिसले ८७ रन, निरोशन डिक्कवेला र धनन्जय डी सिल्भाले समान २५र२५ रन बनाए भने चरिथ असलङ्काले १३ रन जोडे ।

अस्ट्रेलियाका झेय रिचर्ड्सनले दुई तथा जोश हेजलवुड र ग्लेन म्याक्सवेलले एकरएक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो ।

अस्ट्रेलियाका ट्रविस हेडले सर्वाधिक ७० रनको अर्धशतकीय पारी खेले । कप्तान आरोन फिन्चले ६२, एलेक्स केरीले ४९, ग्लेन म्याक्सवेलले ३३, मार्नस लाबुसेनले २९ रन जोडे । श्रीलङ्काका जेफ्री वान्डरसेले ३ विकेट लिए भने दुश्मन्था चमेरा, दुनिथ वेलालेज र धनन्जय डी सिल्भाले एकरएक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्