Logo

अष्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेट श्रीलंकाले जित्यो



श्रीलंका, ८ असार । अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृंखला श्रीलंकाले जितेको छ । पाँच खेलको श्रृंखला श्रीलंकाले एक खेल अगाबै जितेको हो ।

मंगलबार भएको चौंथो एकदिवसीय श्रृंखलामा श्रीलंका चार रनले विजयी भएसँगै श्रृंखला ३-१ ले जितेको हो ।

कोलम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले अष्ट्रेलियालाई २ सय ५९ रनको मध्यम लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ५० ओभरमा २ सय ५४ रन बनाउँदा अलआउट भयो ।

अष्ट्रेलियाका डेभिड वार्नरले ९९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । श्रीलंकाका धनन्जय सिल्भा, जेफ्री र चामिका करुनारत्नेले २-२ विकेट लिए । श्रीलंकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ५८ रन बनाएको थियो । उसका चारिथ असलन्काले १ सय १० रनको शतकीय पारी खेले ।

त्यस्तै धनन्जय डी सिल्भाले ६० रनको अर्धशतकीय पारी खेले । अष्ट्रेलियाका मिचेल मार्श, म्याथ्यु र पाट कुमिन्सले २-२ विकेट लिएका थिए  ।

प्रतिक्रिया दिनुहोस्