Logo

प्रकाश योन्जनले पाए सर्वोत्कृष्ट गीतकार अवार्ड



काठमाडौँ, ८ असार । गीतकार प्रकाश योन्जनले यो वर्षको संस्करणमा नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२२ मा सर्वोत्कृष्ट गीतकारको उपाधि पाएका छन् ।

यस वर्ष ‘परदेश’ गीतका लागि उनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

टिका बम्जनले संगीत गरेको उक्त गीतलाई पवन लामाले संगीत संयोजन गरेका हुन भने गायक प्रमोद खरेलले गाएका हुन ।

उमेश गुरुङ्ले निर्देशन, कमला अमगाइले निर्माण, सम्भु चालिसेले भिडियोलाई छायांकन गरेका हुन । भिडियोमा महेश खड्का, उशा सुवेदी, लोकेश का एम भा र प्रशुना केसीको अभिनय समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्