Logo

एसीसी महिला टी-२० च्याम्पियनसिप: यूएईसँग खेल्दै नेपाल



मलेसिया, १० असार । एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ ।

खेल मलेसियाको किनरारा मैदानमा बिहान सवा ८ बजे सुरु हुनेछ । नेपालले यूएईलाई हराउन सके एसिया कपको लागि छनोट हुनेछ ।

नेपाल समूह ‘बी’ को उपविजेता र यूएई समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन् । अर्को सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता मलेसिया र समूह ‘बी’ को विजेता हङकङबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले पहिलो खेलमा भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो भने हङकङसँग ७ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्