Logo

न्युजिल्यान्डमाथि इङ्ग्ल्यान्डकाे ह्वाइटवास



काठमाडौँ, १३ असार । न्युजिल्यान्डसँगको टेस्ट क्रिकेट शृङ्खलामा इङ्ग्ल्यान्डले ह्वाइटवास गरेको छ ।

सोमवार सकिएको तेस्रो खेल सात विकेटले जित्दै इइङ्ग्ल्यान्डले शृङ्खला तीन-शून्यले ह्वाइटवास गरेको हो ।

तेस्रो टेस्टमा न्युजिल्यान्डले दिएको दुई सय ९६ रनको लक्ष्य इङ्ग्ल्यान्डले पाँचौँ दिनको खाना समयपछि मात्र तीन विकेट गुमाएर भेटायो । उसका लागि जोय रुटले नटआउट ८६ र जोनी बे्रेस्टोले ७१ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथी र माइकल ब्रेसवेलले एकरएक विकेट लिएका थिए ।

यसअघि इङ्ग्ल्यान्डले पहिलो टेस्ट पाँच विकेट र दोस्रो टेस्ट पनि पाँच विकेटले नै जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्