Logo

अष्ट्रेलियासँग श्रीलंका पराजित



श्रीलंका, १७ असार । अष्ट्रेलिया र श्रीलंकाबीच जारी दुई खेलको टेस्ट सिरिजको पहिलो खेलमा अष्ट्रेलियाले फराकिलो जित निकालेको छ ।

गले टेस्टमा श्रीलंकाले दिएको ५ रनको लक्ष्य अष्ट्रेलियाले ४ बलमा विनाविकेटको क्षतिमा पूरा गर्दै सिरिजमा १-० को अग्रता बनायो।

अष्ट्रेलियाको जितमा ओपनर डेविड वार्नरले रमेश मेन्डिसको तेस्रो बलमा चौका र चौथो बलमा छक्का प्रहार गर्दै खेल जिताएका थिए ।

त्यसअघि श्रीलंकाले पहिलो इनिङमा २१२ र दोस्रो इनिङमा ११३ रन बनाएर अल आउट भएको थियो । जवाफमा अष्ट्रेलियाले पहिलो इनिङमा ३२१ रन बनाउँदै १०९ रनको अग्रता लियो । जवाफमा दोस्रो इनिङमा श्रीलंका ११३ रन मात्र बनाउन सफल भएपछि अष्ट्रेलियालाई समग्रमा जितका लागि केवल ५ रन चाहिएको थियो । जहाँ अष्ट्रेलियाले सहज रूपमा खेल आफ्नो पक्षमा पार्‍यो ।

अष्ट्रेलियाका स्पिनर नाथन लियोन र ट्रविस हेडले ४-४ विकेट लिए । मिचेल स्वीपसनको नाममा २ विकेट रह्यो । पहिलो इनिङमा अष्ट्रेलियाका लागि क्यामरन ग्रिनले सर्वाधिक ७७ रन बनाए । ओपनर उस्मान खवाजा ७१ रनमा आउट भएका थिए ।

त्यसअघि पहिलो इनिङमा श्रीलंका २१२ रनमा अल आउट भएको थियो । श्रीलंकाका विकेटकिपर निरोशन डिक्वेलाले ५९ बलमा ६ चौकासहित सर्वाधिक ५८ रन बनाए । निस्संका २३‚ करुणारत्ने २८‚ एन्जिलो म्याथ्युज ३९ र रमेश मेन्डिस २२ रनमा आउट भए । अष्ट्रेलियाका लागि स्पिनर नाथन लियोनले सर्वाधिक पाँच विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्