Logo

महिला साफ च्याम्पियनसिप नेपालमा हुने



काठमाडौँ, १९ असार । महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।

बंगलादेशको ढाकामा शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो ।

अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव किरण राईले महिला साफ आयोजनाका लागि प्रस्ताव पेश गरेका थिए । त्यही प्रस्तावलाई समितिले अनुमोदन गरेको हो ।

साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ । नेपालले यसअघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्