Logo

क्यानडासँग खेल्दै नेपाल



क्यानडा, २१ असार । नेपालले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीसँग आज पहिलो एक दिवसीय श्रृङ्खला खेल्दैछ । खेल किङ्ग सिटीमा बेलुका पौने ९ बजे सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा नेपालले क्यानडासँग आज र भोलि दुई खेलको एक दिवसीय श्रृङ्खला खेल्नेछ ।

यसअघि क्यानडा पुगेको नेपाली टोलीले स्थानीय क्लब ओन्टारियोसँग दुई अभ्यास खेल खेलिसकेको छ । नेपालले टी-२० अभ्यास खेलमा ओन्टारियोलाई ५५ रन र एक दिवसीय अभ्यास खेलमा ६९ रनले हराएको थियो ।

क्यानडामा दुई एक दिवसीय खेलपछि नेपाल स्कटल्यान्ड जानेछ । नेपालले स्कटल्यान्डमा विश्व कप लिग-२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खला खेल्नेछ । नेपालले असार २७ र ३२ गते नामिबियासँग तथा असार २९ र साउन १ गते स्कटल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्