Logo

क्यानडासँग नेपाल पराजित



क्यानडा, २३ असार । नेपाल दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली क्यानडासँग ८३ रनले पराजित भएको छ ।

योसँगै दुई खेलको एक दिवसीय श्रृङ्खला क्यानडाले जितेको छ । पहिलो खेल वर्षाका कारण प्रभावित भएको थियो ।

जितका लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा १ सय ५ रनमा अलआउट भयो । नेपालका देव खनालले सर्वाधिक २६ रन बनाए । ओपनर कुशल भुर्तेल १ रन र पवन सरार्फ १४ रनमा आउट भए । बसिर अहमद, विनोद भण्डारी र आदिल अन्सारीले समान १३ रन जोडे । सन्दीप लामिछाने ११ रनमा आउट भए ।

क्यानडाका अमर खालिद, सलमान नजर, रोमेल शहजाद, साद विन जाफर र हर्ष ठकरले दुई-दुई विकेट लिए । त्यसअघि किङ्ग सिटीमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निधारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

क्यानडाका श्रेयस मोभा र अमर खालिदले अन्तिम विकेटका लागि ७० रनको अविजित साझेदारी गरेका थिए । श्रेयस ५० रन र खालिद ३० रनमा अविजित रहे । क्यानडाका ओपनर आरोन जोनसनले ४४ रन जोडेका थिए ।

नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २ तथा बसिर अहमद, आदिल अन्सारी र करण केसीले एक-एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्