Logo

भारतसँग इङ्ल्यान्ड पराजित



इङ्ल्यान्ड, २४ असार । इङ्ल्यान्डसँगको पहिलो टी-२० क्रिकेट भारतले जितेको छ । साउथह्याम्प्टनमा आज बिहान सकिएको खेलमा भारतले इङ्ल्यान्डलाई ५० रनले हराएको हो ।

भारतले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३ बल बाँकी छँदै १ सय ४८ रनमा अलआउट भयो । इङ्ल्यान्डका मोइन अलीले सर्वाधिक ३६ रन बनाए । बलिङतर्फ भारतका हार्दिक पाण्ड्याले ४ तथा असर्दीप सिंह र यजुवेन्द्र चहालले २-२ विकेट लिएका थिए ।

यसघि टस जितेर ब्याटिङ गरेको भारतका लागि हार्दिक पाण्ड्याले ५१ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्