Logo

नीताले कसिन् हरिहरसँग लगनगाँठो



काठमाडौँ, २४ असार । अभिनेत्री निता ढुंगाना र अभिनेता एवं ज्योतिषी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन् । चार वर्षे प्रेम सम्बन्धलाई दुवैले शुक्रबार विवाहमा परिणत गरेका हुन् ।

दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित निता र हरिहरको वैवाहिक समारोहमा परिवारका सदस्य, आफन्त र सीमित साथीभाइ सहभागी थिए ।

दुई दिनअघि निता र हरिहरले मेहन्दी रसम गरेका थिए । जसमा अभिनेत्री रेखा थापालगायत सहभागी थिए । निता र हरिहरले २६ गते सोही होटेलमा हुने रिसेप्सनमा भने फिल्म क्षेत्रका धेरै व्यक्तिलाई बोलाउने तयारी गरेका छन् । नीता र हरिहरको प्रेम ४ वर्ष पुरानो हो । वीरगञ्जमा भएको फिल्मसम्बन्धी एक कार्यक्रममा सँगै पुगेका उनीहरु त्यही कार्यक्रमपश्चात् नजिक भएका थिए । उ 

प्रतिक्रिया दिनुहोस्