Logo

श्रीलङ्कासँग अस्ट्रेलिया पराजित



श्रीलङ्का, २७ असार । अस्ट्रेलियासँगको दोस्रो टेस्ट क्रिकेटमा श्रीलङ्का एक इनिङ्स र ३९ रनले विजयी भएको छ ।

पहिलो पारीमा एक सय ८१ रनले पछि परेको अस्ट्रेलिया दोस्रो दिनको खाना समयपछि एक सय ५१ रनमा अलआउट भएपछि घरेलु टोली श्रीलङ्का १ इनिङ्स र ३९ रनले विजयी भयो ।

अस्ट्रेलियाका लागि मार्नुस लाबुशेनले सर्वाधिक ३२ रन बनाए । बलिङतर्फ श्रीलङ्काका प्रवाथ जयसूर्याले ६ विकेट लिए । उनले पहिलो पारीमा पनि ६ विकेट लिएका थिए । यस्तै पहिलो पारीमा श्रीलङ्काका दिनेश चन्डीमालले दोहोरो शतक बनाए । उनी दुई सय ६ रनमा नटआउट रहेका थिए ।

जितसँगै दुई खेलको शृङ्खला एक–एकको बराबरीमा सकिएको छ । पहिलो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्