Logo

नामिबियाले नेपाललाई दियाे २ सय २१ रनकाे लक्ष्य



काठमाडौँ, २७ असार । आईसीसी विश्व कप लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियाले नेपाललाई दुई सय २१ रनको लक्ष्य दिएको छ ।

स्कटल्यान्डको क्याम्बुस्दुन न्यु ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गरेको नामिबिया ४७ ओभर ३ बलमा दुई सय २० रनमा अलआउट भयो । नामिबियाका लागि जेन निकोल लफ्टी एटनले सर्वाधिक ६० रन बनाउँदा डिभान ल ककले ४१ र कप्तान गेरहार्ड इरासमसले २२ रन जोडेका थिए ।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले ५४ रन दिएर चार विकेट लिएका हुन् । यस्तै सोमपाल कामीले दुई विकेट लिँदा करण केसी, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्