Logo

इङ्ल्यान्डसँग भारत पराजित



इङ्ल्यान्ड, ३१ असार । भारतसँगको दोस्रो एक दिवसीय क्रिकेट इङ्ल्यान्डले १ सय रनले जितेको छ ।

लर्ड्समा घरेलु टोली इङ्ल्यान्डले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको भारत १ सय ४६ रनमा अलआउट भयो ।

भारतका लागि हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले सर्वाधक समान २९-२९ रन बनाए । बलिङतर्फ इङ्ल्यान्डका रेस टोप्लीले ६ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले मोइन अलीको ४७ र डेविड विलीको ४१ रनको मद्दतमा २ सय ४६ रन बनायो । भारतका युजवेन्द्र चहालले ४ तथा जसप्रित बुम्राह र हार्दिक पाण्ड्याले २-२ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्