Logo

नामिबियासँग खेल्दै नेपाल



स्कटल्यान्ड, ३२ असार । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दैछ ।

स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको तेस्रो खेलमा आज नामिबियासँग खेल्न लागेको हो ।

खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्