Logo

नामिबियाले नेपाललाई दियो २ सय रनको लक्ष्य



स्कटल्यान्ड, ३२ असार । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत नामिबियासँगको खेल जित्न नेपालले २ सय रनको लक्ष्य पाएको छ ।

स्कटल्यान्डमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनायो । उसका लागि गेर्हाड एरास्मसले सर्वाधिक ५७ र डेविड वाइजले ३४ रन बनाए ।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानले ४ विकेट लिए । यस्तै सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २-२ तथा बासिर अहमदले १ विकेट लिएका थिए ।

यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्