Logo

नेपाल टस हारेर ब्याटिङमा



स्कटल्यान्ड, १ साउन । आईसीसी विश्व कप लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

स्कटल्यान्डको ग्लासगोमा स्कटल्यान्डले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिला ब्याटिङ गर्न लागेको हो ।

आजको खेलमा नेपालले तीन जना खेलाडी परिवर्तन गरेको छ । आज पवन सर्राफको ठाउँमा करण केसी र आदिल अन्सारीको ठाउँमा विनोद भण्डारीले मौका पाएका छन् । यस्तै बसिर अहमदको ठाउँमा किशोर महतोले मौका पाएका छन् । किशोरले आज एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्