Logo

नेपाल स्कटल्यान्डसँग पराजित



स्कटल्यान्ड, २ साउन । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँगको खेलमा नेपाल आठ विकेटले पराजित भएको छ ।

नेपालले दिएको एक सय २९ रनको सामान्य लक्ष्य स्कटल्यान्डले १९ ओभरमा मात्र दुई विकेट गुमाएर भेटायो । स्कटल्यान्डका लागि कलुम म्याकलिओडले ६४ रन बनाए । यस्तै किले कोटजेरले नटआउट ४४ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले एक-एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३५ ओभर ५ बलमा एक सय २८ रन बनाउँदा अलआउट भयो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए । यस्तै कप्तान सन्दीप लामिछानेले २२, विनोद भण्डारीले १३, देव खनाल र रोहित पौडेलले १०-१०, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसीले सात-सात तथा कुशल भुर्तेलले तीन रन बनाए ।

स्कटल्यान्डका हम्जा ताहिरले चार, मार्क वाटले तीन, गाभिन मेइनले दुई र क्रिस्टोफर म्याकब्राइटले एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्