Logo

एसईई परीक्षाको नतिजा सार्वजनिक (यसरी हेर्नुहोस् नतिजा)



काठमाडौँ, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

बुधबार अपरान्ह बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजाअनुुसार उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् ।

गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७ ६० जना परीक्षार्थी सहभागी थिएइ । देशभरका दुई हजार ७०० परीक्षा केन्द्रबाट उनीहरुले परीक्षा दिएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले विभिन्न माध्यमबाट रिजल्ट थाहा पाउने व्यवस्था गरेको जनाएको छ। मोबाइल एसएमएसबाट नतिजा थाहा पाउनका लागि ३५००१, ३४९४९, ३१००३ र १६०० मा म्यासेज गर्नु पर्ने हुन्छ।

त्यस्तै विभिन्न वेवसाइटमार्फत पनि नजित हेर्न सकिने परीक्षा बोर्डले जनाएको छ। नतिजा हेर्नका लागि  www.see.gov.np , www.neb.gov.np,  www.see.ntc.net.np  लगायत अन्य वेवसाइटमा जान सकिने बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्