Logo

त्रिदेव क्याम्पसमा विद्यार्थीले लगाएको ताला खोलियो



मेचीनगर, १९ साउन । मेचीनगरको चारआलीमा रहेको त्रिदेव बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनले संयुक्त रुपमा लगाएको ताला खोलिएको छ ।

नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र राप्रपाले क्याम्पस व्यवस्थापन समिति र क्याम्पसका प्रशासनिक व्यक्तिहरूलाई बैठक सञ्चालन भईरहेकै कोठामा ताला लगाएर थुनेका थिए ।

विद्यार्थी संघसंगठन सञ्चालन कार्यविधि क्याम्पसले गोप्य ढंगबाट पारित गरि लागू गर्न खोजे पछि विद्यार्थीको हकहित र स्वतन्त्रतामा दखल पुगेको भन्दै तालाबन्दी गरिएको थियो ।

क्याम्पस प्रशासनले बनाएको उक्त कार्यविधि आज बसेको क्याम्पस व्यवस्थापन समिति र क्याम्पसका प्रशासनिक व्यक्तिहरूको बैठकले खारेज गर्ने निर्णय गरेपछि ताला खोलिएको त्रिदेव नेबिसंघका सभापति अर्जुन गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्