Logo

भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता



काठमाडौँ, २६ साउन । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ ।

अध्यक्ष पदको लागि चाहिने योग्यता नपुगेको भन्दै उनको नियुक्तिविरुद्ध रिट दर्ता भएको हो ।

अध्यक्षको लागि स्नातक तह उत्तीर्ण हुनुपर्ने र केसीले प्रमाणपत्र तह मात्रै उत्तीर्ण गरेको भन्दै उनको नियुक्तिविरुद्ध अध्यक्षका लागि आवेदन दिएका अन्य उम्मेदवारले रिट दिएका हुन् ।

रिटमा साउन ९ गते मन्त्रिपरिषद्ले गरेका निर्णय खारेज गर्न माग गरिएको छ । उक्त रिटमा सोमबार प्रारम्भिक सुनुवाइ हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्