Logo

हेरुका लामाको तामाङ गीतको म्युजिक भिडियो सार्वजनिक



 काठमाडौँ, २८ साउन । मोडल एवम् निर्देशक हेरुका लामाद्वारा निर्देशित चम चम ३ को तामाङ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बौद्धको पिपलबोटमा शुक्रबार पत्रकार सम्मेलन गरि गीतको म्युजिक भिडियो सार्वजनिक
गरिएको हो ।

तामाङ चलचित्र जगतका महानायक अमिर दोङले क्लिक गरी भिडियोको रिलिज गरेका हुन् । नायक दोङले चम चम ३ को म्युजिक भिडियो राम्रो बनेको प्रतिक्रिया दिए । उनले हेरुका लामासँग सहकार्य गरेर काम गरेको २ वर्ष भएको र हेरुकाले कामलाई गम्भीर र राम्रो ढंगले गरेको बताए ।

निर्देशक एवम् मोडल लामाले भिडियोमा फरकपन ल्याउने कोसिस गरिएको बताए । उनले तामाङ सांगीतिक क्षेत्रमा इट्टा थप्ने काम भएको बताए । तामाङ सांगीतिक क्षेत्रलाई थप अघि बढाउन यो भिडियोले मद्धत गर्नेछ, तामाङ सांगीतिक क्षेत्रमा इट्टा थप्ने काम भएको बताए । निर्देशक लामाले चम चम गीतको सिरिज ६ सम्म आउने जानकारी दिए । प्रतीक मोक्तानले लेखेको उक्त गीतलाई जोगलाल लामाले संगीत, गायक बेनु लामा र गायिका सिर्जना स्याङ्तानले स्वर दिएकी छन् ।

दिपेश प्रधानले मिक्सिङ गरेको गीतलाई स्टुडियो एचडिमा रेकर्ड गरिएको हो । हेरुका लामा, रश्मिला तामाङ, दिनेश लामा र सोनी गोलेको अभिनय समेटिएको म्युजिक भिडियोलाई रोनिश तामाङ्ले छायांकन गरेका हुन । पेम्जोङ लामा र भारती तामाङले निर्माण गरेका छन् ।

लामाले नै
कोरियोग्राफी र निर्देशन गरेको गीतलाई बज्र ङेसुरले सम्पादन र कलर सम्पादन गरेका हुन । भिडियोमा कुइसाइ रुम्बा र कुमार लामालाई अतिथि कलाकारको रुपमा देख्न सकिन्छ । बाल कलाकार सयाङ गोलेको पनि अभिनय स्मेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्