Logo

दुबईमा तिज विशेष सांस्कृतिक धमाका २०७९ हुने



 

युएई, ११ भदौ । नेपाली जनप्रगतिशिल मञ्च युएईको आयोजनामा दुबईमा भव्य तीज विशेष सांस्कृतिक धमाका २०७९ हुने भएको छ ।

आफ्नो कला संस्कृती र परम्पराको संरक्षण गर्ने उदेश्यले सांस्कृतिक कार्यक्रम राखिएको आयोजक टिमले बताएको छ ।

नेपाली महिलाहरुको महान पर्वको रुपमा लिईने पर्व हरितालिका तीजको अवसरमा प्रवासमा रहेका सम्पुर्ण चेलिहरुलाई मनोरञ्जन गराउन कार्यक्रम आयोजना गरिएको नेपाली जनप्रगतिशिल मञ्च युएईका अध्यक्ष बाबुराम बिश्वकर्माले बताए ।

सेप्टेम्बर ४ तारिख आइतवार दुबईमा रहेको होटल अष्ट्रोरियामा राष्ट्रिय स्तरका कलाकारहरुको साथमा भव्य तीज विशेष सांस्कृतिक कार्यक्रम हुने उनले बताए ।

उक्त कार्यक्रममा थप आकर्षक बनाउन नेपालबाट राष्ट्रिय स्तरका चर्चित कलाकारहरू पनि आउने भएका छन् । प्रवासमा रहेका नेपाली चेलिहरुलाई मनोरञ्जन दिन सेप्टेम्बर ४ तारिख आइतवारदुबईको अष्ट्रोरिया होटलमा तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको नेपाली जनप्रगतिशिल मञ्च युएईका महासचिव दामोदर सिंह ठगुन्नाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्