Logo

साफ महिला च्याम्पियनशिप: नेपालले भुटानलाई हरायाे



काठमाडौँ, २१ भदौ । साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ ।

मङ्गलवार दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा भुटानलाई चार-शून्यले हराउँदै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले दुई-दुई गोल गरे । सावित्राले खेलको १२ औँ र ६८ औँ मिनेटमा गोल गरिन् भने अनिताले खेलको ५३ औँ र ८५ औँ मिनेटमा गोल गरिन् ।

यो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले तीन अङ्क जोडेको छ । नेपालले अब सोमवार श्रीलङ्कासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्