Logo

एसिया कप क्रिकेट: श्रीलंकासँग भारत पराजित



यूएई, २२ भदौ । एसिया कप टि-२० क्रिकेटको सुपर चारमा भारतलाई श्रीलंकाले हराएको छ । यूएईमा भएको खेलमा भारत ६ विकेटले पराजित भयो ।

सुपर चारमा लगातार दुई जितसँगै श्रीलंका फाइनल नजिक पुगेको छ । भारतको फाइनल पुग्ने सम्भावना झिनो छ । जितका लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।

श्रीलंकाको जितमा ओपनर कुशल मेन्डिसले ५७ रनमा बनाए । त्यस्तै पाथुम निसंका ५२ रनमा आउट भए । भारतका युजभेन्द्र चहलले ३ विकेट र रविचन्द्रन आश्विनले एक विकेट लिएका थिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ७२ रन जोडे ।

श्रीलंकामा तीव्र बलर दिलशान मदुशनकाले ३ विकेट लिए । त्यस्तै चामिका करुणारत्ने र दासुन शनकाले २-२ विकेट लिए । भारत सुपर चारको पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्