Logo

नेपाली चलचित्रलाई हल दिएन भनेर मेरो बदनाम गर्न खोजियो: केसी



काठमाडौँ, २८ भदौ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रलाई हल नदिएको आरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

मङ्गलवार नेपाली चलचित्र ‘सायरा’ निर्माण हुने जानकारी दिन काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन्  ।

उनले आफू र चलचित्र विकास बोर्डले नेपाली चलचित्रलाई हल दिएन भनेर नकारात्मक हल्ला फैलाइ आफ्नो बदनाम गर्ने कोसिस भएको बताए । बोर्डले चलचित्र विकासका लागि काम गरिरहेको भन्दै आउँदा दिनमा नेपाली चलचित्र क्षेत्रलाई उचाइमा पुर्‍याउने उनको भनाइ छ ।

अध्यक्ष केसीले नेपाली सिनेमालाई नेपालमा नै सोचेजति साथ र सहयोग नमिलेको गुनासो गरे । उनले बाहिरी देशका चलचित्रले पनि नेपालमा स्थान पाउनुपर्ने तर पहिलो प्राथमिकता भने नेपाली चलचित्रलाई नै हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्