Logo

साफ यू-१७ च्याम्पियनसिप फाइनल: नेपाल भारतसँग पराजित



श्रीलङ्का, ३० भदौ । नेपाल १७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्न असफल भएको छ ।

गएराति श्रीलङ्कामा भएको फाइनलमा नेपाल भारतसँग ४-० गोलले पराजित भयो ।

समूह चरणमा भारतलाई हराएको नेपालले फाइनलमा भने निराशाजनक प्रदर्शन गरेको हो । भारतका लागि बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक-एक गोल गरेका थिए ।

३९औँ मिनेटमा भारतीय खेलाडीलाई लडाएको भन्दै नेपालका कप्तान प्रशान्त लक्समले रातो कार्ड खाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा थप दुई गोल खायो ।

प्रतिक्रिया दिनुहोस्