Logo

महिला साफ च्याम्पियनसिप सेमिफाइनल: भारतसँग खेल्दै नेपाल



काठमाडौँ, ३१ भदौ । महिला साफ च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदैछन् ।

नेपालले भारतसँग खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ ।

नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । भारत समूह ‘ए’ को अन्तिम खेलमा बङ्गलादेशसँग ३-० गोलले पराजित हुँदै समूहको उपविजेता टोली बनेको हो ।

त्यसअघि दिउँसो १ बजे बङ्गलादेश र भुटान खेल्दैछन् । बङ्गलादेश समूह ‘ए’ को विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्