Logo

लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन



भारत, ५ असोज । भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन भएको छ ।

दिल्लीको एम्स अस्पतालमा ५८ वर्षका श्रीवास्तवको निधन भएको हो ।

गएको साउन २५ गते हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । लामो समयसम्म भेन्टिलेटरमा राखेर उनको उपचार गरे पनि बचाउन नसकेको अस्पतालले जनाएको छ । उनको आज निधन भएको अस्पतालले घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्