Logo

विवाह बन्धनमा बाँधिए बुद्दि तामाङ



काठमाडौँ, ७ असोज । हास्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग लगनगाँठो कसेका हुन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई विवाहमा परिणत गरेका हुन् । टेलिफल्म, फिल्ममा ‘हैट’ भन्ने थेगोले चर्चित भएका बुद्धि तामाङ पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त छन् ।

भक्तपुरको एक पाटीप्यालेसबाट तामाङ परम्पराअनुसार विवाह भएको हो । विवाहमा दुलाहा र दुलहीका परिवारका आफन्त र उनीहरुका नजिकका केही व्यक्तिको मात्रै उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्