Logo

प्रकाश सपूत र सृष्टी खड्का अभिनित ‘केशरी’ सार्वजनिक



काठमाडौँ, १५ असोज । ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत ‘केशरी’ सार्वजनिक भएको छ।

गीतमा लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज रहेको छ भने गितमा शब्द विश्व गौडेलको र संगित बिष्णु भट्टकै रहेको छ ।

ब्लेक ब्रोज इन्टरमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा प्रकाश सपूत र सृष्टी खड्काको अभिनय रहेको छ ।

ठट्यौली प्रेमिल यस गीतको भिडियोलाई ऋषि राज आचार्यले निर्देशन तथा महेश्वर आचार्य, रितु आचार्य र राजेन्द्र खातीले सह-निर्देशन गरेका छन् ।

मोहन कुमारको छयांकन, अनिलकुमार मानन्धरको सम्पादन तथा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतलाई मिक्सिङ र मास्टरिङ र एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्