Logo

क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा



कतार, २८ मंसिर । अर्जेन्टिना फिफा विश्व कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

कतारको लुसेल रङ्गशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ र कप्तान लिओनल मेस्सीले १ गोल गरेका थिए ।

पहिलो हाफमै २-० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा एक गोल थप्दै जित पक्का गरेको हो । पहिलो हाफको ३४औँ मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गरे । लगत्तै ३९ औँ मिनेटमा अर्जेन्टिनाका जुलियन अल्भारेजले काउन्टर अट्याक गोल गरेका थिए ।

त्यस्तै दोस्रो हाफको ६९ औँ मिनेटमा अल्भारेज गोल थप्न सफल भए । त्यसपछि अर्जेन्टिनाले ३-० को अग्रता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्