Logo

अर्जेन्टिनाका कप्तान मेस्सीले तत्काल सन्यास नलिने



अर्जेन्टिना, ४ पुस । अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने भएका छन् ।

विश्व कपको उपाधि जितेपछि मेस्सीले आफूले तत्काल सन्यास नलिने प्रतिक्रिया दिएका हुन् ।

आफू अर्जेन्टिनाको जर्सीमा अझै खेल्न चाहेको उनको भनाइ छ । यसअघि मेस्सीले आफ्ना लागि कतार विश्व कप नै अन्तिम विश्व कप भएको बताइसकेका छन् ।

पाँचौँ पटक विश्व कप खेलेर उपाधि जिताएका मेस्सीले विश्व कपमा सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान समेत बनाएका छन् । फ्रान्ससँगको फाइनल खेलमा उनले विश्व कपमा आफ्नो २६औँ खेल खेले । अहिलेसम्म विश्व कपमा २६औँ खेल खेल्ने मेस्सी एक्ला खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्