Logo

पब्जीको विश्वकपमा दुई नेपाली टोली, हारे पनि ल्याउने छन् एक करोडभन्दा बढी रकम



काठमाडौँ, ४ पुस । चर्चित मोबाइल खेल पब्जीको विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा नेपालका दुईवटा टोली द रिअल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टीटूके) अन्तिम चरणमा पुगेका छन् ।

आउँदो ज्यानुअरीमा उनीहरू विभिन्न देशका अन्य चौध वटा समूहविरुद्ध च्याम्पियन बन्नका लागि भिड्नेछन् ।

चिनियाँ कम्पनी टेन्सेन्ट गेम्सले आयोजना गरेको यस प्रतियोगितामा कुल पुरस्कार रकम चालिस लाख अमेरिकी डलर घोषणा गरिएको छ ।

उक्त रकम अन्तिम चरणमा पुगेका १६ वटै टोलीलाई उनीहरूले प्राप्त गरेको अङ्कका आधारमा भाग लगाइने छ । त्यसमध्ये सेमिफाइनल चरण पार गरेका नेपाली दुवै समूहले कम्तीमा पनि एक-एक करोड नेपाली रुपैयाँभन्दा बढी रकम प्राप्त गर्ने निश्चित भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्