Logo

फ्रान्सेली खेलाडी करिम बेन्जिमाको सन्यास घोषणा



काठमाडौँ, ५ पुस । विश्वकप फुटबल सकिएसँगै फ्रान्सेली खेलाडी करिम बेन्जिमाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।

चोटका कारण विश्वकप फुटबलमा नदेखिएका बेन्चिजमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । बेन्जिमा स्पेनिस क्लब रियल मड्रिडका मुख्य फरवार्ड हुन्।

फ्रान्स विश्वकप फुटबलको फाइनलमा पराजित भए लगत्तै उनले सन्यासको घोषणा गरेका हुन् । मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प बेन्जिमाको राम्रो सम्बन्ध नभएको मानिन्छ ।

१५ वर्षअघि राष्ट्रिय टिमबाट डेब्यु गरेका बेन्जिमाले फ्रान्सबाट ९७ क्याप खेल्दै ३७ गोल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्