Logo

फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर



ब्राजिल, १४ पुस । ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

८२ वर्षीय पूर्व फुटबल खेलाडी पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था गम्भीर रहेको स्पेनी सञ्चार माध्यम एल स्पानोलले जनाएको छ ।

उपचारमा खटिएका डाक्टरले उच्च निगरानीमा उपचार गरिरहेको जनाएका छन् । तीन पटकको विश्वकप विजेता पेले क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित छन् ।

प्रतिक्रिया दिनुहोस्