Logo

नेपाल टी-२० लिग: जनकपुरसँग विराटनगर पराजित



काठमाडौँ, १६ पुस । नेपाल टी-ट्वान्टी लिगमा जनकपुर रोयल्सले विराटनगर सुपर किङ्सलाई ४९ रनले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १ सय ९० रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन मात्र बनायो । विराटनगरका लागि हुसेन तलतले सर्वाधिक ४२ रन बनाउँदा प्रदिप सिंह ऐरीले अविजित ३६ रन बनाए । गौराशुं शर्मा ३३ रनमा आउट भएका थिए ।

जनकपुरका लागि शमिउल्लाह शिनवारीले तीन तथा ललित नारायण राजवंशीले दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । जनकपुरको लागि समिउल्लाह शिनवारीले सर्वाधिक रन बनाए । उनले ४० बलमा ६ चौका र ६ छक्काको सहयोगमा रनमा ७८ अविजित रहेका थिए ।

यस्तै चाल्डिक वाल्टनले २९ रन बनाए । यस्तै सन्दिप जोरा २० रन, ट्राभिन ग्रेफिथले १९ रन बनाए । खडक बोहोरा १२ रनमा अविजित रहे । विराटनगरको लागि हुसेन तलत र सूर्य तामाङले समान २-२ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्