Logo

वार्षिक बीस करोड डलरमा रोनाल्डो अनुबन्धित



काठमाडौँ, १६ पुस । विश्व फुटबल इतिहासमा सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडीका रूपमा क्रिस्टियानो रोनाल्डोले आफ्नो अर्को परिचय बनाएका छन् ।

साउदी अरबको अल नासर क्लबसँग वार्षिक २० करोड डलर पारिश्रमिक लिनेगरी उनले सम्झौता गरेका हुन् ।

युरोपका ‘स्टार’ खेलाडी रोनाल्डो एसियाको मध्य पूर्वी मुलुकमा अधिक मूल्य लिएर अनुबन्धित हुनुलाई फुटबल र उनका प्रशंसकका लागि ऐतिहासिक एवम् इतिहास निर्माणमको क्षण भएको छ ।

रोनाल्डोले जुन २०२५ सम्मका निम्ति सम्झौतामा हस्ताक्षर गरेका अल नासरले बताएको छ ।

पोर्चुगलका स्टार सैतीस वर्षीय रोनाल्डोलाई आफ्नो ‘करियर’को सम्झौताले इतिहासमा सबैभन्दा धेरै कमाउने फुटबल खेलाडी बनाएको छ ।

उनले आफूलाई भाग्यशाली ठान्दै साउदीमा नयाँ फुटबल लिगको अनुभव गर्न आतुर रहेको बताएका छन् । एसियामा आफ्नो अनुभव साझा गर्ने यो सही समय भएको महसुस गरेको उनले एक वक्तव्य निकालेर जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्