Logo

आहा रारा गोल्ड कप: आर्मीलाई हराउँदै सङ्कटा क्लब सेमिफाइनलमा



पोखरा, १८ पुस । सङ्कटा फुटबल क्लब आहा रारा पोखरा गोल्ड कप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज सोमवार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई तीन-एक गोलले हराएर सङ्कटाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

सङ्कटालाई जिताउन ओलोमो मेसुके, स्टेफन विनोङ र सुरज ज्यू ठकुरीलेले एक-एक गोल गरे । त्रिभुवन आर्मीका नवयुग श्रेष्ठले एक गोल गरे पनि जितका लागि पर्याप्त भएन ।

प्रतिक्रिया दिनुहोस्