Logo

‘म्याच फिक्सिङकाे जानकारी भए उजुरी गर्नुस्’



काठमाडौँ, २० पुस । नेपाल क्रिकेट सङ्घ (क्यान) ले काठमाडौँमा सञ्चालन भइरहेको नेपाल टी-२० लिग क्रिकेट प्रतियोगितामा फिक्सिङ/स्पट फिक्सिङ भएको भन्ने सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधवार प्रेस विज्ञप्ति निकालेर क्यानले नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्‍याउने गरी फैलाइएको यस्ता गतिविधि अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै म्याच फिक्सिङको बारेमा जानकारी भएमा प्रमाणसहित बुझाउन भनेको छ ।

यसबारेमा क्यानको केन्द्रीय कार्यालय वा अहिले चलिरहेको नेपाल टी-२० लिगको एन्टी करपशन युनिटमा उजुरी बुझाउन विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्