Logo

मेडिकल विश्वविद्यालय स्थापना गर्न प्रधानमन्त्रीद्वारा गेटा कलेजको अवलोकन



काठमाडौँ, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेडिकल विश्वविद्यालय स्थापनाका लागि आज गेटा मेडिकल कलेजमा स्थलगत अवलोकन गरेका छन् ।

नेपालकै पहिलो शहीद दशरथचन्द विश्वविद्यालयका रूपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने विषयमा हिजो बालुवाटारमा गेटा मेडिकल कलेजका बारेमा सुदूरपश्चिम क्षेत्रका जनप्रतिनिधि, नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिवलगायतसँग छलफल गरेका थिए ।

सोमबार सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा हुने भ्रमणको दौरानमा प्रधानमन्त्री प्रचण्डले सो कलेजका भ्रमण गरेका हुन् । नेपालमा स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टीकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पूरा हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्