Logo

नव ज्योति कपको उपाधि न्यू स्टार बुद्धशान्तिलाई



मेचीनगर, १० फागुन । न्यू स्टार बुद्धशान्तिले नवज्योति फुटबल कप २०७९ को उपाधि उचालेको छ ।

आयोजक नवज्योति युवा क्लबलाई ३-० को गोलअन्तरले पराजित गर्दै बुद्धशान्तिले उपाधि हात पारेको हो ।

बुद्धशान्तिको जितमा जर्सी नं १७ का अनुज भट्टराई, जर्सी नं ५ का प्रशान्त लिम्बु र जर्सी नं १० लगाएर मैदान उत्रिएका आयुश राईले समान एक-एक गोल गरेका थिए ।

स्थानीय नवज्योति आधारभुत विद्यालयको खेल मैदानमा अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर दोस्रो हाफमा आक्रामक रुपमा प्रस्तुत भएको बुद्धशान्तिले खेल सुरु भएको २ मिनेटमै पहिलो गोल ग¥यो ।

बिपक्षी टिमका गोलरक्षक अघि बढेको मौकालाई सदुपयोग गर्दै बुद्धशान्तिका अनुज भट्टराईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । १ गोलको अग्रता लिएको बुद्धशान्तिले खेलको ४० औँ मिनेटमा पुन अर्को उत्कृष्ट गोल ग¥यो । जुन गोल प्रशान्त लिम्बुले गरेका हुन् ।

त्यस्तै खेलको ६० औँ मिनेटमा बुद्धशान्तिका आयुश राईले पुन अर्को गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित गरेका थिए ।

उपाधिसगैँ बुद्धशान्तिले नगद ८१ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेतामा सिमित बनेको आयोजकले नगद ५१ हजार ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका लागि दोस्रो गोल गर्न सफल अनुज भट्टराई घोषित भए । त्यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता विजेता टिमकै आयुश राई घोषित भएका छन् ।

उक्त प्रतियोगिताको म्यान अफ द सिरिजको अवार्ड पनि विजेता टिमकै विशाल दर्जिले प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट गोल रक्षकको अवार्ड आयोजक टिमका गोल रक्षक देवन भुजेलले हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्