Logo

विश्वकप लिग-२: पपुवा न्यूगिनीलाई हराउँदै नेपाल विजयी



दुबई, १५ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पीएनजीलाई ४ विकेटले हराएको छ ।

पीएनजीले दिएको २ सय ४ रनको लक्ष्य नेपालले ४५ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए । यस्तै आसिफ शेखले ४४ र आरिफ शेखले ३३ रन बनाए । बलिङतर्फ पीएनजीका आसाद भालाले ३ विकेट लिएका थिए ।

यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ‌ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका आसाद भाला र चाद सोपरले समान ३६ रन बनाएका थिए ।

बलिङतर्फ नेपालका गुलशन झाले ३ र कुशल मल्लले २ विकेट लिए । यस्तै सोमपाल कामी, करण केसी र प्रतिस जिसीले १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्