Logo

युएईविरुद्ध रोमाञ्चक जित निकाल्दै नेपाल यू-१९ विश्वकपमा



यूएई, १८ फागुन । आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टोली यूएईलाई हराउँदै विश्वकपमा पुगेको छ ।

नेपालले यूएईलाई ७ रनले हराएको हो । नेपाल ८ वर्षपछि विश्व कपमा पुगेको हो ।

नेपालले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा १ सय ८४ रनमा अलआउट भयो । यूएईका लागि इथान कार्ल डिसुजाले ५०, आर्यन सक्सेनाले ३४ र आर्यन शर्माले ३२ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले ह्याट्रिकसहित ५ विकेट लिएका थिए ।

यसअघि आजमानमा रहेको इडेन गार्डेन्समा टस हारेर ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा १ सय ९१ रनमा अलआएट भयो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाए ।

यस्तै विशाल विक्रम केसीले ३८ र उत्तम रङ्गु थापा मगरले ३६ रन बनाए । बलिङतर्फ यूएईका ध्रुव पराशरले ३ तथा हरित हरि शेट्टी र आयन आफजल खानले २-२ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्