Logo

काँकरभिट्टामा इण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिता हुँदै



मेचीनगर, २४ फागुन । काँकरभिट्टामा इण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।

काँकरभिट्टा भेट्रान फुटबल क्लबको आयोजनामा यही फागुन २७ देखि चैत ६ गतेसम्म प्रतियोगिता आयोजना हुन लागेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

भेट्रान फुटबल क्लबको यो तेस्रो संस्करण हो । यस अघि २०७२ र २०७४ मा प्रतियोगितामा आयोजना गरिएको थियो । प्रतियोगिताको सह-आयोजकमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर तथा संरक्षकमा मेचीनगर नगरपालिका रहेको छ ।

होटेल किङ्ग्सबरी बिर्तामोडले मुख्य प्रायोजन गरेको प्रतियोगिताको दोस्रो पुरस्कार राशी १ लाख रुपैयाँ काँकरभिट्टाका सजित तामाङले गरेको आयोजकका महासचिव शेरबहादुर बस्नेतले जानकारी दिए ।

उक्त प्रतियोगितामा नेपालका ६ र भारतका ४ गरी १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद २ लाख तथा उपविजेताले नगद १ लाख प्राप्त गर्नेछ ।

हरेक खेलको उत्कृष्ट खेलाडीले ३ हजार, बिधागतरुपमा उत्कृष्ट खेलाडीले प्रति खेलाडी रु ५ हजार, प्रतियोगिता भरको उत्कृष्ट हुने एक जनाले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष गंगालाल गुरुङले बताए ।

क्लबका अध्यक्ष गंगालाल गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, क्लवका सल्लाहकार तथा झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष शंखर थापा, मेचीनगर-६ का वडाध्यक्ष ललितबहादुर तामाङ, उपाध्यक्ष राजु पौडेललगायतले आ-आफना धारणा राखेका थिए ।

सो पत्रकार सम्मेलनको सञ्चालन क्लबका महासचिव शेरबहादुर बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्