Logo

विश्वकप लिग-२: नेपालको उत्कृष्ट बलिङ, पिएनजी ९५ रनमा समेटियो



काठमाडौँ, २९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले उत्कृष्ट बलिङ गरेको छ ।

कीर्तिपुर मैदानमा पपुवा न्यु गिनी (पीएनजी)सँगको खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रन बनाउन सक्यो । पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । यस्तै सेसे बाउले १८, चाल्स अमिनिले १६ र हिरि हिरिले १४ रन बनाए । अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए । यस्तै, ललित नारायण राजवंशी र कुशल मल्लले २-२ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिएका थिए ।

विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन अब नेपालले दुई खेल जित्नु पर्ने हुन्छ ।

नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता सुरक्षित गरिसकेको छ । नेपाल आइसिसी विश्वकप क्रिकेट लिग-२ को चौथो स्थानमा उक्लिएको छ । नेपालले ३४ खेलबाट ३६ अंक प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्