Logo

विश्वकप लिग-२: नेपालसँग पपुवा न्युगिनी ९ विकेटले पराजित



काठमाडौँ, २९ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालले पपुवा न्युगिनीविरुद्ध सानदार जित हासिल गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले १ विकेट गुमाएर ७.४ ओभरमा लक्ष्य भेट्टायो ।

नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे । उनले २१ बल खेल्दै ८ चौका र ३ छक्काको मद्दतमा अविजित ५३ रन बनाए । त्यस्तै कुशल भुर्तेलले १४ बल खेल्दै चार चौका र २ छक्का मद्दतमा ३३ रन बनाए भने कुशल मल्लले अविजित १२ रन बनाएका थिए ।

घरेलु मैदानमा भइरहेको लिग टू को अन्तिम शृखंलामा लगातार तीन जितपछि अब नेपाल विश्वकप क्वालिफायरमा पुग्नबाट एक जित मात्र टाढा छ । अब नेपालको लक्ष्य लिग-२ को शीर्ष तीनमा रहेर जिम्बाब्बेमा आगामी जुन/जुलाईमा हुने विश्वकप क्वालिफायर खेल्नेमा छ । त्यसका लागि नेपालले बिहीबार हुने लिग-२ कै अन्तिम खेलमा युएईलाई हराउनुपर्नेछ ।

लेग स्पीनर सन्दीप लामिछानेले ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनी (पीएनजी) ३२ ओभर खेल्दै ९५ रनमै अलआउट भएको थियो । यस्तै ललितनारायण राजवंशी र कुशल मल्लले २-२ विकेट लिए भने १ विकेट लिएका थिए ।

पीनएनजीका लागि कप्तान असद भालाले बनाएको २० रन नै व्यक्तिगत उच्च स्कोर रह्यो । सेस बाउ १८, चार्ल्स अमिनी १६ र हिरी हिरी १४ रन बनाएर आउट भए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्