Logo

भारत विश्व टेस्ट च्याम्पियनशिपकाे फाइनलमा



भारत, २९ फागुन । भारत विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा पुगेको छ ।

अहमदाबादमा अस्ट्रेलियासँगको चौथो टेस्टको नतिजा आउनुअघि नै भारत विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा पुगेको हो ।

न्युजिल्यान्डले दुई टेस्ट क्रिकेटको शृङ्खलाको पहिलो खेलमा श्रीलङ्कालाई २ विकेटले हराएसँगै भारत अङ्क तालिकामा अघि रहँदै विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा पुगेको हो ।

विश्व टेस्ट च्याम्पियनशिपको फाइनल आउँदो जुन ७ देखि ११ सम्म बेलायतको ओभल मैदानमा हुनेछ । अब भारत र अस्ट्रेलियाले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । अस्ट्रेलियाले भारतलाई इन्दोरमा भएको टेस्टमा हराउँदै विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा स्थान बनाएको थियो ।

यदि श्रीलङ्का न्युजिल्यान्डसँग नहारेको भए भारतले विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा पुग्न चौथो टेस्टमा अस्ट्रेलियालाई हराउनुपर्ने हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्